नियम २७
श्रमिकको रुपमा काम गर्ने बालकको विवरण दिनु पर्ने
: ऐनको दफा १७ को उपदफा (३) बमोजिम श्रमिकको रुपमा काममा लगाउन हुने बालकलाई श्रमिकको रुपमा काममा लगाउने व्यक्ति वा संस्थाले त्यसको विवरण अनुसूची ३ बमोजिमको ढाँचामा तयार गरी जिल्ला बाल
कल्याण समिति समक्ष पठाउनु पर्नेछ । जिल्ला बाल कल्याण समितिले त्यसरी प्राप्त हुन आएको विवरणको एक प्रति सम्बन्धित श्रम कार्यालयमा पठाउनु पर्नेछ ।